अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८
| Colorodo: 22:23
सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना साउन र भदौ सम्मको पुँजीगत खर्च चार अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो।
आर्थि वर्षको अन्तिम महिना असार महिना लागे लगत्तैका तीन दिन ३, ४ र ५ गते को खर्च त्योभन्दा बढी अर्थात् चार अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ। आजको कान्तिपुुरमा यो खबर छ ।
समाचार अनुसार सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतकै झै उल्लंघन हुने निश्चितप्रायः बनेको छ ।