अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 00:26

मिस नेपाल यूएस २०१८ का लागि राजिव श्रेष्ठ आधिकारिक फोटोग्राफरमा नियुक्त

विजय थापा, वासिङ्टन डिसी २०७५ असार ८ गते ०:४३ मा प्रकाशित

चर्चित फोटोग्राफर(छायाचित्रकार)राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन् अमेरिकाको टेक्ससमा हुने छैटौँ मिस नेपाल यूएसको लागि उनलाई नियुक्त गरिएको हो । झन्डै ३ दशक देखि छायाचित्र पेसामा होमिएका श्रेष्ठ नेपाल कै एक प्रसिद्ध फोटोग्राफर हुन् । नेपालको परिपेक्षमा विशेष ग्लामर (मोहकता )क्षेत्रमा उनी प्रवर्तक को रूपमा चिनिन्छन् ।

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा अगस्ट १९ आइतबारका मिस नेपाल यूएस हुने छ । मिस नेपाल यूएस २०१८ को विजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ वर्ष का युवतीहरू प्रतियोगितामा सहभागिता लिन पाउने छन्

श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेसालाई निरन्तर दिई रहेका छन् l अमेरिकामा रहेतामा पनि उनले अमेरिकामा रहेका नेपाली कलाकार, नमुना महिला तथा पुरुष तथा कलाकार, मोडल (नमुना) क्षेत्रमा प्रवेश गर्न चाहनेलाई समेतलाई प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् l

श्रेष्ठले आफू विदेशमा रहेता पनि आफ्नो पेसा लाई निरन्तरता दिएकोमा हर्ष व्यक्त गरेका छन् l र साथै मिस नेपाल यूएस २०१८ का लागि आफूलाई मौका दिने आयोजकलाई विशेष धन्यवाद दिएका छन् ।

जुन पेसामा ३० वर्ष बिताए चटक्क उक्त पेसा छोड्न नसक्ने रहेछ भन्दै अमेरिकामा पनि नेपाली समुदायको ठुलो बस्ती वृद्धि भएकोले आफू उत्साहित भएको बताए । र निरन्तर मौका पाई रहेको बताए । उता आयोजक को तर्फ बाट प्याट्रिक सुवेदीले श्रेष्ठ जस्तो व्यावसायिक फोटो ग्राफर पाएकोमा गर्व गरेका छन् ।

सम्बन्धित सामग्रीहरू