अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५
| Colorodo: 01:50
रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ ।
समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेपनि खेलको दोस्रो हाफमा भने कोष्टारिका गोल खान पुगेको थियो ।
अहिले दोस्रो खेलमा जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गरिरहेको छ । आजको तेस्रो खेल राति ११ः४५ बजे ब्राजिल र स्वीट्जरल्यान्डबीच हुनेछ ।