विश्व कै सम्राट् राज्य न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि अमेरिका का विभिन्न राज्य ,क्यानडा र मेक्सिको लगायतबाट २० जना भन्दा ज्यादाको निवेदन प्राप्त भएको ताजा जानकारी प्राप्त भएको छ ।
प्रथम पटक हुन् लागेको मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने छ । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्दैछ ।
मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रूपमा प्रकाश पार्ने भएको छ । निवेदन दिने समय जुन २५ तारिख सम्म दिइएको छ ।
आगामी जुलाई १ तारिख अन्तिम चरणमा छनौटमा परेकाको नामावली घोषणा गरिने छ । निवेदन आएका मध्ये बाट छनौट गरिने र उनीहरू नै प्रतिस्प्रद्धामा मैदानमा उत्रने आयोजक समूहका सह संस्थापक /सभापति निराकार उप्रेती बताएका छन् । अगस्त ६- १० सम्म प्रशिक्षण हुने छ ।
मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ वर्ष सम्म हुनु पर्ने ,अविवाहित ,५ फुट २ इन्च हुनु पर्ने ,शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ),प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने ,नेपाली मूलको हुनु पर्ने ,निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को सीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।
विजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरी दोस्रो र तेस्रो स्थान हुने लाई प्रथम विजेता तथा द्वितीय विजेता उपाधि द्वारा सम्मान गरिने छ ।
न्युयोर्कको प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलराममा कार्यक्रम अगस्त ११ तारिख समापन साथै सोही स्थानमा भव्य भोज समारोहको समेत आयोजना गरिने छ ।
प्रतियोगिता विजेताले अन्तर राष्ट्रिय गैर मुनाफा संस्थामा स्वयम् सेवक रूपमा काम गर्ने अवसर पाउने छन् ।
विस्तृत जानकारीको लागि info@missnepalna.com, www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् ।