गत साता अस्टिन टेक्ससको प्रिस्टन भिलेजका नेपाली समाजले मिलेर सामूहिक बनभोजको आयोजना गरे । आयोजित बनभोजमा उक्त समाजका करिब ९० प्रतिशत परिवारको उलेख्य सहभागिता थियो । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम साँझ ७ बजेसम्म निकै उल्लासमय वातावरणमा चलेको थियो ।
लेकक्रिकमा आयोजना गरिएको बनभोजलाइ थप रमाइलो तथा मनोरन्जनात्मक बनाउन सबै पिढिलाइ लक्षित गरी भलिबल, बिर्गो, म्युजिकल चियर, क्यान्डि कलेक्सन तथा पासिगं बल जस्ता खेल खेलाइएको थियो । प्रत्येक खेलका विजेतालाई पुरस्कार पनि प्रदान गरियो । समुद्रजत्रो यो देशमा नेपाली समाजको चिनारी गर्न यस्ता कार्यक्रम निकै सहयोगी हुन्छन् । हामी नेपाली एक अर्कामा भाइचाराको भावना अझै विकास हुने । एकआपसमा चिनाजानी गरेर सहयोगको वातावरण पनि बन्ने हुनाले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजनमा क्रियाशील पुल्टे निवासी दीपक हुमागाइले बताए । फोटो: पिया रबिन