अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 06:02

४ करोड एक्लै खर्च गर्न नपाउँदा सांसदलाई तनाव

बिआरटीनेपाल २०७५ जेठ १७ गते १९:४८ मा प्रकाशित

काठमाडौं – स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । 

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट बिनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरे ।

अर्थमन्त्रीले सांसदलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको आरोप उनीहरुको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया