अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६
| Colorodo: 06:01
काठमाडौं – प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु ससदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् ।
बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् ।
बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएनन् । दोस्रो बरीयताका नेताहरु पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन ।
सरकारका मन्त्री पनि न्यून मात्रै उपस्थित हुने गरेका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।
बैठकको अन्तिममा सूचना तथा सञ्चारमन्त्री गोकुल बासेटा मात्रै थिए ।
प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । तर, तीन बजेसम्म बस्नेमा सत्तापक्षका २६ र प्रतिपक्षका २६ सांसद मात्रै थिए । हलका अधिकांश सिट खाली थिए । केही सांसद क्यान्टिनमा थिए ।