कसैले भनेका छन् कि “बालक जब गर्वमा आउँछ उसभित्र गर्व देखि नै मातृभाषाको संस्कार प्राप्त हुने गर्छ र जन्मँदा बालक जुन भाषामा रुन्छ त्यही नै त्यसको मातृभाषा हो । जुन संस्कृति, परिवेशले उ हुर्किन्छ त्यो उसको संस्कार हो । जसले आफ्नो मातृभाषामा अध्ययन गरे हरेक छात्राहरू वैज्ञानिक अनुसन्धान राम्ररी गर्न सक्छन् तर यी कुरा किन देशका सरकार भवाउदाहरूको दिमागमा पस्दैन? बारम्बार जब देशमा मानसिक्ता पतन भएका नेता, आफूलाई सर्व श्रेष्ठ ठान्ने केही विदेशीका विज्ञ देश वेचुवा ठेकेदार दलालहरू आफ्नो ढिकुटी भर्न कहिले खोलानाला त कहिले धर्म, संस्कार संस्कृतिलाई घराप पार्छन्, त कहिले देशका सिमानाहरू त कहिले जडीबुटी, त कहिले प्राकृतिक देवभूमिका मूर्तीहरू बेच्दा तिनीहरूको कुईएको भेडी कहिल्यै भरीदो रहन्छ र आज आफ्नो नेपाली नामले दिने आफ्नै परिचय अर्थात् मातृभाषा सम्मलाई कुरूप पार्न दलिन छन्, मलाई त यी राष्ट्रघाती नेता र विज्ञ भनाउदाहरूको जीवन देखेर धिक्कार्न मन लाग्छ जो आमाको काखमा हुर्किएर त्यही आमालाई आफ्नो क्षणिक सुख, चयनकोलागि कर्दले रेटिरेटी मार्नेछन् त्यस्ता धर्ती पुत्र देखि ती आमालाई आफ्नो कोखमा खेलाएर हुर्काएको पलहरूले हिन्ता बोध हुँदो हो । आज धेरै पछि मेरो मनमा यी लालची, विदेशीका नोकर, हुतिहारा, मूर्ख, देश द्रोही सबै नेता प्रश्व गर्न मन लाग्छ ।
जब भाषामा कुठीत, कुरूप गर्नको दुसास गर्छन् अनि मेरा आक्रोस पोखिने गर्छन् किन कि म एक नेपाल आमा कि छोरी हुँ र मलाई मेरो मातृभाषा र भूमि प्राण जतिकै प्यारो छ र विश्व भरीका हामी नेपाली जनताको अस्तित्व,परिचय स्वाभाविक किसिमबाट मातृभूमिसँग गाँसिएका हरेक कुरा भावुकतासंग गाँसिएको हुन्छ । नेपाली सभ्यतामा भाषालाई आमाको रूपमा मानिन्छ चेतना होस् प्राणी र हरेक मानिसको तीन ओटा आमाहरू हुन्छन् । उसको मातृभूमि, उसको मातृ भाषा र उसलाई जन्माउने आमा । यी तीन ओटै आमाहरूको रृण तिर्न हरेक राष्ट्रका जनता रिडी हुनुपर्छ भने हामीले हाम्रो भाषाको संरक्षण गर्नु नेपालीको धर्म हो ।
यदि यसैलाई यहुदीमा लेखिएमा यो नेपालीको वा अन्य राष्ट्रको लागि यति भावुकतापूर्ण हुँदैन जति आफ्नो मातृभाषा नेपालीमा उत्पन्न हुन्छ । शिक्षाको माध्यमको कुरालाई लिएर अचेल थुप्रै बहसहरू भई रहेका छन् । जो निर्थक हुन्छ ।मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेलले पहिला हामी “भाषा बचाउ अभियानमा लागेका थियौँ अहिले, ‘नेपाली विषय बचाउ अभियानमा लागेको बताउनु भएको छ। वहाँले अङ्ग्रेजी विषय पढाउने प्रति हाम्रो आपत्ति छैन तर नेपाली विषय नै न राख्ने र राखे पनि पाठ्यभार कम गर्ने खेल भईरहेकोमा आपत्ति छ “ भन्नु भयो ।वहाँको कुरालाई समर्थन पूर्ण रूपमा गर्दै भन्न चाहन्छु ।
मानिस जुन पृष्ठभूमिबाट आउँछ र त्यसले जुन भाषाको प्रयोग गर्दछ त्यसै माध्यमबाट शिक्षा दिइनु पर्दछ । आफ्नो मातृभाषामा शिक्षा पाउनु हरेक विद्यार्थीको जन्मसिद्ध अधिकार हो । विषयको पक्षधर बन्ने तिर उसको सौभाग्य पनि हो । सरकार भनाउदाहरूले नेपाली मातृभाषा बचाउ आन्दोलन गर्न बाध्य बनाउने नेता ज्यू तपाईँको परिचय के हो? तपाईँहरूको अस्तित्वको व्यापार हुँदा किन शून्य मस्तिष्क ? के प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेलको मात्र भाषा नेपाली हो ? के स्कुल, कलेज पढाउने शिकक्षलाई मात्र नेपाली भाषा चाहिएको हो ? यदि हो भने तपाइहरूले विदेशमा गएर उनीहरूको राष्ट्रिय भाषा र संस्कृत हटाएर तपाईँको भाषा लादेर हेरनुस त के सक्नु हुन्छ? पक्कै सक्नु हुनेछैन भने कसको लयलयमा तपाईँ देशको गौरव, भाषा, संस्कार, संस्कृत देशको अस्तित्व धरापमा पार्दै हुनुहुन्छ ? नेताहरू म त मानक नेपाली भाषामा ऒला उठाउने हरेक ती राष्ट्र द्रोहीको ऒला कुईएर झरोस् भन्न मन लाग्छ र त्यस्ताका मस्तिष्क सुस्तरोगीको उपनाम दिन मन लाग्छ र प्रा डा. लुईटेलको अडिक मातृभाषाको विषयको पक्षधर हुने तीरको अठोट र भाषाको परिभाषाले मलाई अत्यधिक प्रेरित गर्दछ ।
मानिसका दुई अनमोल विरासत वैचारिक समृद्धि एवं मानवीय संवेदनाका स्वरूप भनिने भावनाहरूको प्रतीकात्मक व्यवस्था यस परिभाषाबाट स्पष्ट हुन्छ । भाषा मानवीय भावनाहरूको एवं विचारहरूको द्योतक हो । भाषा अभिव्यक्तिको सर्वाधिक विश्वसनीय माध्यम हो । यति मात्र होइन त्यो हाम्रो आन्तरिक एवं बाह्य सृष्टिकर्तृत्व निर्माण, विकास हाम्रो अस्मिता, सामाजिक सांस्कृतिक पहिचानको साधन पनि हो । भाषा बिना मानिस सर्वथा अपूर्ण छ र आफ्नो इतिहास तथा परम्पराबाट बिच्छिन्न हुन्छ चेतना होस् । सामान्यतःभाषाको वैचारिक आदान प्रदानको माध्यम भन्न सकिन्छ । भाषा वैज्ञानिकहरूका अनुसार भाषा या दृच्छिक वाचिक ध्वनि सङ्केतहरू त्यो पद्धति हो, जसको द्वारा मानव परम्परा एवं विचारहरूको आदान
प्रदान हुन्छ । यसबाट के स्पष्ट भयो भने भाषाका निम्ति चार कुरामा ध्यान पुर्याउन पर्छ नेता ज्यू ।
भाषा एउटा पद्धति हो । अर्थात् एउटा सुसम्बद्ध र सुव्यवस्थित योजना वा संघटन हो, जसमा कर्ता, कर्म क्रिया आदि व्वस्थितिको रूपमा आउँछ चेतना होस् ।
भाषा संकेतात्मक हो अर्थात् यसमा जुन ध्वनिहरू उच्चारित हुन्छन्, त्यसको कुनै बस्तु या कार्यसँग सम्बन्ध हुन्छ यी ध्वनिहरू संकेतात्मक या प्रतीकात्मक हुन्छन् चेतना होस् ।
भाषा वाचिक ध्वनि सङ्केत हो, अर्थात् मानिस आफ्नो वागिन्द्रियको सहायताबाट सङ्केतहरूको उच्चारण गर्दछ, त्यै नै भाषा अन्तर्गत आउँछ चेतना होस् ।
भाषा यादृच्छित सङ्केत हो । यादृच्छितको तात्पर्य हुन्छ, ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष ध्वनिको कुनै विशेष अर्थबाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन ।
प्रत्येक भाषामा कुनै विशेष ध्वनिको कुनै विशेष ध्वनिको कुनै विशेष अर्थबाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन ।
प्रत्येक भाषामा कुनै विशेष ध्वनिको कुनै विशेष अर्थवाचक, मानिन्छ । तर पनि त्यै अर्थमा निम्ति रूढ़ हुन्छ । परम्परा अनुसार त्यै अर्थको वाचक हुने गर्छ । अर्को भाषामा त्यस अर्थको वाचक कुनै अर्को शब्द हुन सक्छ ।
हामी व्यवहारमा देख्छौँ कि भाषाको सम्बन्ध कुनै एक व्यक्ति देखि सम्पूर्ण विश्व सृष्टिसम्म रहेको छ । व्यक्ति र समाजको बिच व्यवहारमा आउने यस परम्पराबाट अर्जित सम्पत्तिका अनेक रूप हुन्छन् । समाज सापेक्षता भाषाको निम्ति अनिवार्य हुन्छ अर्थात् त्यो एउटा ‘प्रतीक—स्थिति हो । यसको प्रतीकात्मक गतिविधि चार प्रमुख समायोजन छन् । दुई व्यक्ति एउटा जसले संबोधित गर्छ, दोस्रो त्यो जसलाई सम्बोधित गरिन्छ । त्यस्तो सांकेतिक वस्तु र चौथो प्रतीकात्मक संवाहक जुन सांकेतिक वस्तु तिर प्रतिनिधि भंगिमा तिर सङ्केत गर्छ ।
विकासको प्रक्रियामा भाषाको दायरा पनि बढ्छ । यति मात्र होइन एउटा समाजमा एक जस्तो भाषा बोल्ने मानिसको बोल्ने ढङ्ग, उसको उच्चारण प्रक्रिया, शब्द भण्डार, वाक्य विन्यास आदि अलग अलग हुँदा उसको भाषामा पर्याप्त अन्तर आउँछ । यसैलाई भनिन्छ शैली तर तपाइहरू त्यस मध्य कुनमा पर्नु हुन्छ ? खबदारी गर्न चाहान्छौ नेपाली जनताको अस्तित्व र मातृभाषा उसको राष्ट्रिय परिचयमाथि खेलबाड गर्न छोड्नु होस् हैन भने यसको परिणाम राम्रो हुने छैन ।
निशा अर्याल, अनेसास इजरायल