लामो समय देखि चित्रकारको रूपमा स्थापित चित्रकार कुशल बस्ताकोटीले हालै अमेरिकामा आफ्नो चित्रकला प्रदर्शनी गरेका छन् । हालसम्म ३५ बढी ठाउँमा चित्रकला प्रदर्शनी गरेका बस्ताकोटीको उक्त चित्रकला प्रदर्शनी हेर्न ५०० बढी ब्याक्तिहरु आएका थिए । यति मात्र होइन केही समय देखि अमेरिका रहेकी चर्चित गायिका अन्जु पन्त समेत उक्त प्रदर्शनी हेर्न पुगेकी थिइन् । प्रदर्शनी युनाइटेड नेप्लिज एसोसिएसनको तेस्रो सम्बेलनमा भएको हो ।
चित्रकार बस्ताकोटीले नेपाली परिभेष, गाउँ, सहर तथा विभिन्न ठाउँ विशेष पेन्टिङहरु राखेका थिए । प्रदर्शनीबाट आफूलाई निकै सकारात्मक प्रतिक्रिया आएको र त्यो प्रतिक्रियाले हौसला बढाएको भनाइ चित्रकार बस्ताकोटीको रहेको थियो ।
पोखरामा जन्मिएका उनी यति बेला अमेरिकामानै बस्दै आइरहेका छन् जहाँ उनी अध्यन सँगै चित्रकलामा समय बिताउने गर्छन् । उनले चित्रकलाबाटनै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू पाइसकेका छन् ।