अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१०
| Colorodo: 16:25
गाेरखा । डनबाजी गरेर ठेक्का हात पार्ने ठेकेदारहरू समयमा काम भने गर्दैनन्। नेता र कर्मचारीको संरक्षणमा रहेका ती ठेकेदारका कारण गोरखाका अधिकांश विकास निर्माणको काम वर्षौंदेखि अलपत्र छन्।
गृहमन्त्रीले काम नगर्ने ठेकेदारमाथि निगरानी बढाएसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले पनि त्यस्ता ठेकेदारको सूची तयार गरेको छ। पूर्वाधार निर्माणको काम गर्ने कार्यालयहरूबाट संकलन गरेको अभिलेख अनुसार यहाँका १ सय पाँचवटा आयोजनाको ठेक्का सम्झौता म्याद सकिँदा पनि सम्पन्न नभएकाे अन्नपूर्ण पाेस्टमा समाचार छ।
कर्मचारीलाई दबाब र प्रभावमा पारेर ठेकेदारले मोबिलाइजेसन (पेश्की) रकम लिएर सम्पर्कविहीन हुँदा कतिपय कामको प्रगति शून्य देखिएको हाे।