अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५
| Colorodo: 00:00
सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो ।
विदेशमा काम गर्ने उनी बिहे भएको पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् ।
बिहेको दुइ महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए ।
पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के ।
कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बेलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ ।
यसपटक अलि लामो विदामा घर आएका उनी सन्तान नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।