लस एन्जलस: अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजना हुन गइरहेको एनआरएन अमेरिकाको ८ औ साधारण सभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारीबारे जानकारी गराउन लस एन्जलसमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको आयोजनामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा सम्मेलन र साधारण सभाको आयोजना र तयारीबारे साधारण सभाकी कन्भेनर तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले प्रकाश पारेकी थिइन । उपाध्यक्ष तथा कन्भेनर थापाले सम्मेलन आयोजनाको सम्पूर्ण तयारी पुरा भएको बताइन । यसलाई सभ्य र भव्य रूपमा सम्पन गर्नको लागि विभिन्न समितिहरू गठन गरिसकेको र त्यो समितिले कामहरू अगाडी बढाइ सकेको जानकारी दिइन ।
एनआरएन अमेरिकाका असन्तुस्ट पक्षले कार्यक्रम आयोजना रोक्न अदालत जाने चेतावनीका बारेमा पत्रकारहरूले सोधेको प्रश्नमा ‘कार्यक्रम तयारीको यो अन्तिम अवस्थामा उहाँहरूबाट सम्मेलन वा वार्षिक साधारण सभा रोक्ने खालका कदम उहाँहरूबाट नहुने र आफूहरू निरन्तर वार्ताको सम्पर्कमा रहेको’ जनाइन । बाजा बजाएर सम्मेलन रोकिएको जानकारी गराउंछन र भनी सोधिएको प्रश्नमा उपाध्यक्ष थापाले ‘सदस्यता सम्बन्धी मामालामा उहाँहरूको असन्तुस्टी हो । संस्थाको साधारणा सभा आयोजनामा होइन । आफू र सिङ्गो एनआरएन अमेरिका असन्तुस्टी र अल्झन सुल्झाउन सदैव वार्ता गर्न तयार रहेको साथमा निरन्तर सम्पर्क रहिरहेको’ बताइन ।
नेपालीहरूको छाता सङ्गठन भनिएको संस्थाको सूचनाहरू प्रेस संयोजक बाहेक प्रत्येक व्यक्तिले आफुखुशी प्रेषित गर्ने प्रश्नको उत्तरमा कन्भेनर थापाले अब त्यसो नहुने जानकारी दिइन । कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकारद्वय उत्तम कार्की र कृष्ण कोइराला, महिला संयोजक इन्दिरा त्रिपाठी, क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डे, सचिव रोशन अधिकारीले साधारण सभा र विज्ञ समेलनबारे उठेका विभिन्न प्रश्नहरूका उत्तर दिएका थिए । क्यालिफोर्निया चाप्टरका अध्यक्ष रामबाबु पाण्डेले हाम्रो चाप्टरलाई विश्वास गरी साधारण सभा गर्न जिम्मा दिएकोमा एनआरएन अमेरिकाको सम्पूर्ण पदाधिकारी र कन्भेनर श्रीमती उमा कार्की थापालाई धन्यवाद दिँदै चाप्टरले कार्यकम सफल पार्न लागि परेको कुरा बताए ।
पत्रकारले क्यालिफोर्निया चाप्टरले गरेको कामहरूको बारेमा सोधेको प्रश्नको जवाफमा चाप्टर सचिव रोशन अधिकारीले हाल सम्म चाप्टरले समाजलाई सहयोग हुने कार्यक्रमहरू सानफ्रान्सिस्कोमा त्यस क्षेत्रको संघसस्थासंग समन्य गरी काम गरेको र क्यालिफोर्नियामा कसैलाई सहयोग चाहिएको खण्डमा सहयोग गर्नलाई कार्यसमितिबाट नै सुरुमा $२५० र प्रत्येक महिना $१० जम्मा गर्ने गरेको कुरा बताए । यसको हिसाबकिताब चाँडो भन्दा चाँडो सबैलाई जानकारी गराउने वाचा गरे । ८ औ साधारण सभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारीबारे जानकारी दिँदै सचिव अधिकारीले गठन गरिएको सबै कमिटीहरूसँग आफूले सहकार्य गरी काम गरी रहेको र कसरी हुन्छ आउनु हुने पाउनाहरुलाई यातायात देखि बस्ने खाने सबैको राम्रोसँग व्यवस्था गरिएको जानकारी दिए ।
लस एन्जलसका पर्यटन दूत रामेश्वर भण्डारी, श्री पशुपति फाउन्डेशनका अध्यक्ष भक्त थापा, मन्दिरका गुरु चुडामणि सापकोटा, इतिहास पुरुष श्री गणेश बहादुर कार्की, नेका महाधिवेशन प्रतिनिधि हेमराज भट्ट, एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटी, नेपाल अमेरिका पत्रकार सङ्घका सचिव अग्नि चौलागाई, नेपाल कलाकार सङ्घका क्षेत्रीय उपाध्यक्ष रविसिह बस्नेत, मदेशी एसोसिएसन लस एन्जलसका अध्यक्ष दिनेश शाह, ब्लड डोनर्स लस एन्जलसका अध्यक्ष एकदेव शर्मा लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।