वासिङ्टन डिसी–अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध सहर मनासस नजदिक रहेको हेमार्केट सहरको लागि नेपाली मूलका मधु सुदन पन्थी उक्त नगर पालिकाको लागि नगर परिषद् सदस्यमा निर्वाचित भएका छन् l
आज भएको मतदानमा नगर प्रमुख सहित ७ जना उम्मेदवारहरूमा पन्थी नगर परिषद् सदस्यमा निर्वाचित भएका हुन् । पन्थीले उक्त नगर मा ९ सय घर दैलो अभियानमा संलग्न भई मत मागेका थिए । निर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण जुलाई १ तारिखमा हुने छ । सम्भवत उनी यसरी नगर क्षेत्रको निर्वाचनमा निर्वाचित हुने टाउन अफ इन्डीएन हेड का निर्वाचित उप नगर प्रमुख किरण सिटौला पछि दोस्रा भएका छन् ।
नव निर्वाचित पन्थी अझ पनि नगर योजना आयुक्त हुन् । उनले शपथ ग्रहण गरे पछि उनी नगर परिषद् सदस्य हुने छन् । प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट सहरका नगर प्रमुख डेविड एम लिकले अप्रिल २५ ,२०१६ तारिख नियुक्त गरेका थिए l
टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मूलका रहेका थिए l उनी निर्वाचित भए पछि सामाजिक सञ्जाल अनुहार किताबमा उनलाई बधाई दिनेको ऒईरो लागेको छ l पत्नी ,१ छोरा र १ छोरीका पिता पन्थी झन्डै डेढ दशक भन्दा ज्यादा समय देखि भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दछन् l
१५ वर्ष भन्दा ज्यादा समय अगाडी देखि अमेरिका परिवार साथ आई पुगेका पन्थी अर्घाखाँची गाविस चिदिका ९, मधुखेल गाउँका हुन् l २०४४ सालमा काठमाडौँ आई विश्व निकेतन उच्च माध्यमिकबाट १० कक्षा उत्रिण गरे पछि २ वर्षको लागि मधुखेल गाउँमा गई समाज सेवामा संलग्न रहे l
पन्थी सानै उमेर देखि समाज सेवामा लाग्ने स्वभावको कारण अमेरिका आए पछि पनि त्यो मोह त्यागेनन l फलस्वरूप उनको लगन, मेहनत, दुरदृष्टि तथा निस्स्वार्थ समाज सेवाको कारण डिसी महानगर क्षेत्रको हेमार्केटमा सहरको योजना आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुन् सफल भएका थिए । त्यो क्रम रोकिएन र त्यसै नगरमा नगर परिषद् सदस्यमा समेत विजयी भए ।
काठमाडौँको त्रिपुरेश्वरमा चिट्ठा (डिभी)भरे पछि उनी अमेरिका आएका हुन् l नेपालमा गएको महाभूकम्पको लागि आर्थिक सहयोग जुटाउन अहम् भूमिका रहेको तथा नगर प्रमुख डेविडसँग निरन्तर सम्पर्कमा रहेकोले उनको काम बाट प्रभावित भई उनलाई नगर योजना आयुक्तमा पदमा नियुक्त गरेका थिए ।
अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा केवल ७ महिना बसी भर्जिनियाको हे मार्केटमा बस्दै आएका पन्थी लामो समय देखि डिसी महानगर क्षेत्रमा छन् l डिसी महानगर क्षेत्रका नेपाली गैर मुनाफा सामाजिक विभिन्न सङ्घ तथा संस्था संलग्न भएता पनि पदको लोभ उनीमा नभएको कारण नेपाली संस्थामा कुनै पनि पदमा उनी छैनन् l केवल समाज सेवाको लागि निस्स्वार्थ भावनाबाट होमिने पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् l
नव निर्वाचित नगर परिषद् सदस्य पन्थीले आफू सानै देखि समाज सेवामा लाग्ने भएकोले त्यसलाई अमेरिकामा पनि निरन्तरता दिएको बताए l उनले पहिला नगर योजना आयुक्त भएर काम गरे र आफू सन्तुष्ट छु । फेरी अर्को जिम्मेवारी थपिएको छ । यसलाई सहर्ष स्वीकार गदै आफ्नो जिम्मेवारी बहन गर्न कुनै कसर नछोड्ने बताए । पहिले नियुक्त पद थियो भने अब निर्वाचित हुन् पुगेकोमा मतदाता तथा सबैलाई धन्यवाद दिन चाहेको बताए ।
पन्थी भन्छन्, नेपाल र नेपालीको लागि नाम र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता राख्दै आफूलाई बधाई दिने सबैलाई यसै सन्देशबाट कृतज्ञता दिएका छन् l