अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५
| Colorodo: 02:40
काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् ।
मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ ।
बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
केन्द्रीय समितिको अनुपात मिलानउने विषयमा कुरा मिल्न नसकेको बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार निचोड नआएसम्म केही भन्ने अवस्था छैन । उनले भने, ‘सहमतिकै लागि नियमित वार्ता भएरहेका छ तर निचोड नआइ केही भन्ने अवस्था छैन।’