अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४
| Colorodo: 01:29
काठमाडौं । २०७५ सालको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार बजार १७.४२ अंकले बढेर १२९७.५७ बिन्दुमा पुगेको छ । सोमबार अन्य समूहको परिसूचक १.२१ अंकले घटेपनि अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । बैंकिङ समूहको परिसूचक ४.२८, होटल ५२.१६, विकास बैंक १६.७५, हाइड्रोपावर १२.२३, फाइनान्स १४.७६, इन्स्योरेन्स २९३.२४, उत्पादन तथा प्रशोधन ११.२४ र माइक्रोफाइनान्स ७२.११ अंकले बढेको छ।
सोमबार एक सय ६७ कम्पनीको ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा प्रभु इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यो वर्षको पहिलो कारोबार दिन हिजो पनि बजार २.६० अंकले उकालो चढेको थियो ।