अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३
| Colorodo: 22:08
काठमाडौं ।
नेपाल टेलिकमले शुक्रबारदेखि प्रीपेड ग्राहकहरुलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार बिशेष कार्यक्रम मार्फत प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउन लागेको हो ।
तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो ।
अब टेलिकमको प्रीपेड मोबाइल उपयोग गर्नेहरुले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ती पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ । उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ तर सेवा शुल्क भने असुल्ने छैन् ।
शुक्रबार बिहान सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गर्ने कार्यक्रम छ।