अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८
| Colorodo: 21:53
काठमाडौं, १४ चैत ।
बुद्यबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार खुला भएसँगै ८ अंकले उकालो लागेको बजार कारोबार अवधीभर घटबढका बीच अन्तमा २.९० अंकले घेटर १२०४ बिन्दुमा बन्द भयो ।
केही समययता निरन्तर घटेको बजार मंगलबार भने ३९.१६ अंकले बढेको थियो । अर्थमन्त्री डा.युवराज खतिवडाको अभिव्यक्तिको कारण बजार अप्रत्यासितरुपमा घटेको भन्दै लगानीकर्ताहरुले १९ बुदे माग सहित आन्दोलनमा जाने चेतावनी समेत दिएका थिए ।
आज कारोबारमा आएको मध्ये बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक उकालो लागेपनि अन्य सबै समूहको परिसूचक भने घटेको छ। सो दिन एक सय ६२ कम्पनीको ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा यूनिलिभर नेपाल लिमिटेडको सेयर सबैभन्दा धेरै किनबेच भएको छ ।