आमा तिम्रो मप्रतिको कुमारी सपनामा
ग्रहण लाग्यो चिन्ता नगर,
बाबा तिम्रो सुनौलो चाहनामा
पर्दा लाग्यो सुर्ता नगर
म कहाँ मरेको /मरेकी छु र ?
मेरो आदर्श बिचार,मेरो उत्कट अभिलाषा
त्यहिँ वरिपरी घुमीरहेको छ
हो म डाक्टर बनेर हज्जारौं रोगीहरुको
उपकार गर्थें हुँला,
म देशको सेवक बनेर यो भूमीमा समर्पित हुन्थें हुँला
तर … …दैवले रुचाए पछी म संसारबाट बिदा भएँ
फिक्री नगर आमा /बाबा म धर्तीबाट टाढिए पनि
अझ छन् हज्जारौं मजस्ता उच्च महत्वाकाँक्षा
बोकेका कोपिलाहरू,ज-जस्लाई
तिम्रा न्यानो माया,अभिभावकत्व र हौशला चाहिएको होला
हो ….उनीहरुलाई आशिबाद अनि प्रेरणा देउ
भो अब शोक सुर्ता र बिलौना नगर
उ त्याँहा झुण्ड्याएइको सेतो कोट हेर त
अंह …..सुहाएन रे मलाई पटक्क
त्यसैले……मलाई त्यो सेतो कोट्को बदला
सेतो तन्ना नै ओढ्ने अनुमती मिल्यो
अनि त … म सेतो तन्नामा सजिएँ
र बिदा भएँ यो धर्तीबाट
अँ… … आमा/बाबा अब त्यो सेतो कोट कुनै म जस्ता /जस्ती
डाक्टर बनेर सेवक बन्ने प्रण गर्ने निरीहहरुलाई लगाई देउ
र भनी देउ नानी /बाबु तिमीले मेरो ईच्छा पुरा गरि देउ
हर ग्लानीमा डुबेका आमा /बा’का सपना पुरा गरि देउ
लौ !यो सेतो कोट तिमीले भिरी देउ
अनि ………यी दुखि रहेका आमा/बा’का
जलेका मनमा मल्हम पट्टि लगाई देउ |
अब नरोए है बा /आमा म स्वर्गको द्वारबाट चिहाउनेछु
तिमीहरु कत्तिका हिम्मतिला रहेछौ ?
अनि…कत्तिको मेरो आग्रहलाई आत्मसात गर्नेछौ ?
रुनु बहादुरी होईन,
शोकाग्निमा जल्नु धर्म होईन
तिम्रो आँसुले त अझ मलाई पीडा बढ्छ
तिम्रो चित्कारले त उल्टै मेरो आत्मा रुन्छ
के तिमी मलाई माया गर्दैनौ बा /आमा ?
यदि गर्छौ भने भो त्यो क्रन्दन बन्द गर
अनि…. उ त्यो सेतो कोट अरु
उत्साही सेवक छोरा /छोरीको
काँधमा भिराई देउ र आशिर्बाद देउ
आफ्नै सन्तान सम्झेर बस्
यसैमा मेरो आत्माले शान्ति पाउनेछ |