अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 13:36

विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालको लगातार तेस्रो हार

बिआरटीनेपाल २०७४ फागुन २६ गते ८:३३ मा प्रकाशित

आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८।४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले २६ र कप्तान रसिद खानले २१ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा अल आउट हुँदै १९४ रन जोडेको थियो । नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्स्म्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए । त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए । अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रसिद खानले तीन विकेट लिए ।

नेपालले अर्को खेल आगामी सोमबार हङकङसँग खेल्नेछ । नेपालले यसअघि जिम्बाब्वे र स्कटल्याण्डसँग हार बेहोरिसकेको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू