ब्युटिसियन नेपाल २०१८ को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘ब्युटिसियन नेपाल’ मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधि हात पारिन् । उनले उपाधि सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भइन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन ।
अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटिसियन पेसामा आबद्ध क्षमतावान ब्युटिसियनहरुलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य र ब्युटिसियनहरुलाई सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता ‘ब्युटिसियन नेपाल’ को अनलाइन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड र बेस्ट ट्यालेन्ट विजेता शिलास्मा मल्लले नै हात पार्न सफल भइन । त्यस्तै अन्य टाईटल विजेताहरूमा बेस्ट पर्सानालिटीमा मिट्ठु महर्जन, बेस्ट फोटोजेनिक प्रतीक्षा अधिकारी, बेस्ट कम्प्लेक्सन गङ्गा खड्का, मस्ट पंचलमा देवी श्रेष्ठ, मस्ट डिसिप्लिनमा सविना खत्री , मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस्समा सुनिता पोखरेल, मस्ट स्मार्टमा सविना चित्रकार, मस्ट चार्मिङमा सम्झना शेर्पा, मस्ट एक्टिभमा लिना खेबाङ सुब्बा, मस्ट स्टाईलिस सविना नेपाली र मस्ट पपुलरको एवार्ड कल्पना गुरुङले हात परेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा संचारकर्मी, मोडेल कोरियोग्राफर कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरूमा मिस नेपाल २००० उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डा. रेखा थापा, मिसेस हिमालयन नेपाल २०१८ विजेता गोमा अधिकारी हुनुहुन्थ्यो ।
प्रतियोगितालाई युरोपियन ब्राण्ड पायस कस्मेटिक्स ले प्रायोजन गरेको थियो । प्रतियोगितालाई विभिन्न ढङ्गबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो ।
प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जुर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा अनुग्रह फेशन बुटिकको ड्रेसमा आर्टिस्ट नेपाल स्टुडियोस अफिसियल फोटोग्राफी गरेको थियो । प्रतिस्प्रधाको लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा कला सुब्बाको कोरियोग्राफीमा कल्पनाज कलेक्सन तथा तेह्रथुमे ढाका कलेक्सनको आकर्षक डिजाइनमा भएको ‘फेशन सो’ ले थप रौनक प्रदान गरेको थियो ।
फोटो : कुवेर तामाङ, सगुन श्रेष्ठ