यो त्राही त्राही
यो तबाही
यो बिध्वंसता
अनि कस्तो बीभत्स नरसंम्हार
किन ? प्रकृतिलाई मुठीमै कसीरहेछ मान्छे
जीवन र मृत्युको एकाधिकार तिम्रो कदापि होइन |
मानव आवरणभित्र ढुङ्गा र फलामको मुटु ढुकढुक्याइ
ममता बिहिन मानवताको आँगनमा फुलाइ रहेछ
क्रूर निर्दयीता र निर्ममताको बिषलु फुल
धुम्मीइरहेछ स्वतन्त्रता बारुद गोला र तोपको पिरो धुवाँले
गडगडाइरहेछ अस्तित्व अहङ्कार र आतङ्कको कर्कस आवाज बोकी
लतपतीइ रहेछन् रातै भई भोलिका आशा र भरोसा
बारुदको गन्ध मिसिएको माटोले लीइरहेछ चीत्कारको आलाप
पारीबेशले गाइरहेछ रोदन मिश्रीत समबेदनाको अनौठो गीत |
बार्बारिकताको हाँसो हाँसीरहेछन सम्पन्न र सबल भनिनेहरु
मानव बस्ती स्कुल धार्मिक स्थलको त के कुरा भो र
आमाको काखैमा सुती छाती चुस्दै साउती गरिरहेका ती
निर्दोष अबोध कोपिलाहरूले के बिगारे तिम्रो ?
किन खेल्यौ ?नीच र तानासाही खेल
कठै !एकै झड्कामा मुर्झाय सदा सदाको लागि
आखिर के चाहन्छौ तिमी ?
रोइरहेको धर्तीलाई आलो रगतले सिँचेर
बिध्वंसताको कस्तो खेती मौलाउन चाहन्छौ हँ ?
अर्काको भूगोलमा खुलेआम पसेर
उनीहरूकै आकाशमा उडी
छानी छानी चोक ,गल्ली ,बंगैचा र बस्तीहरू धुवाँको मुस्लोसङै उडाइरहँदा
आतंकित भई ,त्रसित भई दुवै कान थुनी माथि फर्केर तिमीलाई नै
नियाली रहेका आँखाहरूमा तिमीले
बालबालिका का लागि केही देख्यौ ?
जीवनको भिख मागी आत्तिएर दौदिरहेका
अपाङ्ग असक्त र बृद्धहरु देख्दा तिमीले
शान्ति ,स्वतन्त्रता र अधिकार देख्यौ ?
अनि मानवता पनि देख्यौ कि ??
तिमीले जवाफ दिनु पर्ने छ
बिना कसुर अकाल मृत्युवरण गर्ने प्रेतात्माहरु लाई
फुल्न नपाई निमोठीयका कोपिलाका चिहानलाई
कालो अक्षरमा लेखिने त्यो इतिहाँसलाई
ठुला ,सम्पन्न र शक्तिशाली बाट सानामाथि गरिने
असभ्य र भद्दा चुनौतीलाई |
बराबरीको सँगको प्रतियोगिता पो सहाउँछ
साना सँगको त हेपाइ हो मिचाइ हो |
अन्याय हो, अत्याचार हो
आफ्नै राप र तापमा उग्र भएर तातीइरहने हरू
उम्लनेहरु
शक्ति प्रदर्शनलाई मानवता भन्दा ठुलो ठान्नेहारु हो
बुझी राख भाँडो भराइ पोखिँदा ,उम्लँदा
सबै भन्दा पहिले निभ्ने स्वयम् तिमी तातेको आगो नै हो |
रगतले तिर्खा मेट्न खोज्ने ए नरभक्षी हो
अकाल मृत्यु बुझ्न तिमी स्वयम् मर्नु पर्ने छ |
खै किन ?संसारमा मानव सभ्यता लुकेको छ
आज फेरी नेपाली मनमा सिरिया दुखेको छ |