मन न हो कहिले रुन्छ कहिले हाँस्छ दु:खमा दुख्ने पीडामा रुने आखिर मन नै रहेछ । आफ्नो भन्नेले साथ छोडेपछि रुनु मान्छेको जिन्दगी रहेछ । मनलाई काबू गर्न कोही रुन्छ कोही सेता खाली पानाहरूमा मनको भारी बिसाउने गर्छ र मनको भारी जब बिसाएर कोही आनन्दी महसुस गर्छन् ।
कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” साहित्य सिर्जना गरेर हजारौं लाखौं पाठक माझ तीन दशकदेखि निरन्तर साहित्य सृजनामा लागि परेका छन् । अमरकै सृजना देश बिदेश जताततै छरिएको देख्न पनि सकिन्छ र सबै गीत संगीतप्रेमीहरूले मन पराएका पनि छन् ।
अन्जु पन्त, रिमा गुरुङ होडा, शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तिन दर्जनभन्दा बढी गायक/गायिकाहरूले अमरको रचनाको गीतहरूमा आवाज समेत दिई सकेका छन् भने अहिले “निर्दोष यी आँखालाई आँसुले कति धोएँ, कसम तोडी जानेलाई भूल्न धेरै रोएँ ” बोलको गीत बानिका प्रधानको स्वर, अविदको संगीत रहेको अमरको शव्द रहेको यो गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
भिडियो सरोज श्रेष्ठको निर्देशनमा कलाकार रेस्मा लामा र विकेश महर्जनको अभिनय रहेको छ भने गीतको इडिटिङ्ग माधवको रहेको छ ।