अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

एकै परिवारका ४ जनाको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय

बिआरटीनेपाल २०७४ माघ २६ गते ४:५३ मा प्रकाशित

चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो ।

सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङ्गजोउको एक अदालतले जानकारी दिएको छ ।

यस आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू