अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 03:44

नेपाल-बंगलाबन्धु पुस्तकालय स्थापना

बिआरटीनेपाल २०७४ माघ ११ गते ५:३३ मा प्रकाशित

नेपाल बङ्गलादेश मैत्री सङ्घले कामपा–१०, मध्य बानेश्वरस्थित चेल्सी इण्टरनेशनल एकेडेमीमा ‘नेपाल बंगलाबन्धु पुस्तकालय’स्थापना गरेको छ । 

पुस्तकालयमा अङ्गे्रजी र बङ्गाली भाषाका करिब १५० शीर्षकका साहित्य, शिक्षा, कूटनीति, संस्कृतिलगायत विषयका कृति राखिएका छन् । पुस्तकालयको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी बिन्ते शाम्सले पुस्तकहरुको अध्ययनमा जोड दिनुभयो । आगामी दिनमा राजदूतावासले अन्य पुस्तक पनि सहयोग गर्ने वचन दिनुभयो ।

सङ्घका अध्यक्ष दीनदया रिजालले पुस्तक अध्ययन गरेर नेपाल र बङ्गलादेशका बारेमा जानकारी लिँदै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका सल्लाहकार डा जगदीश शर्माले नेपाल बङ्गलादेशबीच व्यापार, शिक्षा, पर्यटन, साहित्य आदि विषयमा सहयोग आदान गर्नुपर्ने सुझाव दिनुभयो ।

चेल्सी इण्टरनेशनल एकेडेमी बोर्ड अफ डाइरेक्टर्स राजेश अधिकारीले बङ्गलादेश र नेपालका विद्यार्थीबीच समन्वय गर्ने, भ्रमण आदानप्रदान गर्ने र शिक्षाको गुणस्तर विकासमा कलेजले भूमिका खेल्ने बताउनुभयो ।(रासस)

प्रतिक्रिया