अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३
| Colorodo: 11:48
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको अस्थायी मुकाम यथाशक्य चाँडो तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएकी छन् । प्रदेश प्रमुख, अस्थायी मुकामलगायत विषयमा छलफल गर्न सोमबार शीतलनिवास पुगेका देउवालाई भण्डारीले उक्त सुझाव दिएकी हुन् ।
मुकाम नतोक्दा शपथलगायत प्रशासनिक काममा बाधा पर्ने राष्ट्रपतिको तर्क थियो । प्रधानमन्त्री देउवाले भने आफूले दलहरूसँग राजनीतिक परामर्श लिएर त्यसबारे निर्णय गर्ने अवगत गराएका थिए ।
‘अस्थायी मुकाम तोक्न ढिलाइ गर्न नहुने सुझाव राष्ट्रपतिको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।, आजको कान्तिपुरमा खबर छ ।