अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 06:38

ठमेल र दरबारमार्गको रात्रि व्यवसाय बिना रोकतोक सञ्चालन गर्न अनुमति

बिआरटीनेपाल २०७४ पुष १३ गते १८:१८ मा प्रकाशित

गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र  ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।

स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायीबीचको छलफलपछि यी क्षेत्रको रात्रि व्यवसायमा लाग्दै आएको समयसीमा हटाइएको हो ।

निश्चित शर्त र मापदण्ड पुरा गर्ने होटल, रेस्टुराँ तथा दाहोरी क्लबहरुलाई नयाँ बर्षपछि पनि सञ्चालन अनुमति दिने तयारी भएको गृहमन्त्रालयले जनाएको छ ।आजको कारोबारमा खबर छ ।

प्रतिक्रिया