वाई वि तमू - लिस्वन ।२०७४ पुष ७ गते ०:४६ मा प्रकाशित
२० डिसेम्वर २०१७ मा पोर्चुगलका विभिन्न अनलाईन पत्र पत्रीकाहरुले यो फोटो राखेर हेड्लाईन समाचार बनाएको पढ्न पाईयो ।जस्को शिर्षक नै “२०० भन्दा बढी नेपाली आप्रवाशी कामदारहरु पोर्चुगलको सङरक्षक क्षेत्र (जहाँ आगलागीको प्रमुख कारण देखाएर सरकारले प्रतिवन्ध लगाएको छ्)कम्पोर्ता भन्ने ठाउँ (राजधानी लिस्वन देखी कारीव २५० किलो मिटर टाढा) पर्दछ ।
यो समाचारमा नेपाली लगाएत अन्य अफ्रिकी मूलका आप्रवाशीहरु निर्माण अवैध निर्माण क्षेत्रमा कार्यरत गरेको प्रहरीको एक अप्रेशन बाट पत्ता लागेको जनाएको छ जस्मा अन्य नेपाली कृषि कामदारहरु पनि उक्त प्रहरीको अप्रेशनमा परेका जनाईएको छ भने विशेष गरि ति समाचारहरुले यो फोटोलाई हाईलाईट गरेका छन जून फोटो हेर्दा सहजै अनुमान गर्न सकिन्छ कि नेपाली आप्रवाशीहरु दिनभरी कृषि काम गर्छन राति यही झुपडीमा आफ्नो थकित शरिर गुजुल्ट्याएर राख्छन ।
यो फोटोले मन निक्कै चिसो र अमिलो बनायो ।त्यसैले यहाँ केहि तथ्यगत टीप्पणी र जिज्ञासा राख्न यो मनले भन्यो ।
नोभेम्वर देखी मार्च सम्म पोर्चुगलको कृषी कामका लागी अफ सिजन हो जस्का कारण “सिमित कामहरु मात्र हुने गर्दछ जुन निक्कै गार्हो पनि हुन्छ । जस्तो “यो सिजन भनेको ओलिभको दाना झार्ने काम हुने गर्छ जुन निक्कै गार्हो हो कृषि कामदारका लागि यो काम गरेबापत उनिहरुले प्रति घण्टा २,७० यूरो देखी ३,५० यूरो सम्म तलव पाउँछन कामदारहरुले । प्रति दिन ८ घण्टा देखी १० घण्टा सम्म यो काम गर्छन नेपाली कामदारहरु ।
इलेक्ट्रीक भाईब्रेट मेशिन द्वारा ओलिभको रुखको फेदमा भाईब्रेट दिएर रुख हल्लिए पस्चात ति दानाहरु झर्ने गर्छ अनि तल जमिनमा ति दानाहरु जम्मा गर्न फिजाइएको जाली लाई ट्रक या सवारी साधनले तानेर जम्मा गर्ने गरिन्छ यसरि गरिने काम निक्कै गार्हो हुने कुरा सो काम को अनुभव गरेका बाग्लुङ्गका तिलक गुरुङ वताउछन ।
अफ सिजन भएकोले कृषिमा वर्क परमिट लिएर सोझै नेपालबाट आएका कामदारहरुलाई सम्वन्धित कम्पनिले राम्रै व्यवस्था गरेको हुन्छ काम पनि केही सहज हुने गर्छ भने जो नेपाली विना भिषा पोर्चुगल आउछ , जस्को रेसिडेन्सी कार्ड वनेको छैन उनिहरुको हकमा यो सिजन निक्कै गार्हो समय हो । सजिलो काम पाउन गाह्रो । काम नगरे केगर्ने ? विकल्प छैन फेरी यसरि कानुनी प्रकृया पुरानगरेका कामदारहरु दुई पक्ष बाट मारमा परेका छन । पहिलो त कामको सिजन अफ हुनु दोस्रो कृषीकामदारहरुका “विचौलिया “एजेन्टहरु बाट त्यो पनि नेपालीहरु बाटै उनिहरु दोहोरो मारमा परेका हुन्छन ।
पोर्चुगलमा कुनै पनि नेपाली नागरिकले “कृषी फाराम“ खोल्न सकेका छैनन् जती पनि खोलिएका भनिएको छ “कृषी कम्पनी “ ति सवै “कामदार सप्लाई गर्ने म्यान पावर कम्पनी हो भने त्यसरि खोलिएको म्यान्पावर कम्पनिहरुले सोझै कृषी उत्पादक कम्पनी सङ्ग डिल नगरि विचमा अर्को पोर्तुगिज सप्लाई कम्पनी मार्फत नेपाली कामदारहरुलाई कमिशन खाएर काम लगाउने परिपाटी छ ।
अव यसरि विचमा बसेर “विचौलिया “पारामा कृषी कम्पनिको मालिक र सफल व्यावसायी कहलिएका एकाध नेपालीहरुकै मिलेमतोमा “ति २०० भन्दा बढी नेपाली कामदारहरु “ उक्त क्षेत्रमा काममा लगियो तर वस्ने व्यवस्था गर्ने जिम्मेवार भनेको ति विचौलिया नेपाली एजेन्ट कम्पनीहरुले लिएका हुन्छन अझ भनु ति कहलिएका सफल व्यवसायीहरुले लिएका थिए तर ति विचौलियाहरुले के सोच्छन भने “नेपालीहरुलाई जस्तोमा राखे पनि हुन्छ् । एक दुई दिन यही गुजारा गर पछी अर्को घर खोजेर व्य्वस्था मिलाउला “भन्दै हेल्चक्र्याई गरे जस्को कारण पोर्तुगिज प्रहरिको नजरमा ति नेपाली कामदारहरु परे ।
एकै ठाउमा २०० भ्नदा बढी मानिसहरु गुरिल्ला तरिकाले जङ्गलामा देखे पछी आकाश वाट हेलिकप्टर रेकी गर्दै जमिनमा जिएन आर प्रहरीहरुको घेरा वन्दी गरी सवै कामदारहरुलाई छान विन ,सनाखत गरेर कसैलाई कन्ट्री आउट्,कसैलाई सेफको अफिसमा हाजिर हुन आदी जानकारी दिने गर्दछ यो कार्य अहिले मात्र होइन हरेक वर्ष हुने गर्दछ । यसरि हरेक वर्ष हुने यस्ता कार्यहरु प्रती ति सफल व्यवसायीहरु सचेत हुनु पर्र्नेे होइनर ? तर उनिहरु कामदारको समान्य भन्दा सामान्य आवश्यक्ता माथी वेवास्ता गर्छन नेपाली पत्रकारहरुले यस्ता समाचारहरु लेखेर सचेत गराउदा उनिहरु उल्टै धम्की दिन्छन उल्टै ज्यान लिन पनि पछि पर्दैनन् । यस्तो विचौलिया कृषी एजेन्टका रुपमा कार्यरत एन आर एन पोर्चुगलका वर्तमान दुई जना उपाध्यक्षहरु क्रमश तिलक गैरे तथा भुपेन्द्र वस्नेत द्व्यको नाम जोडिन्छ नै किनकी ति दुई उपाध्क्षहरु विगत दुई वर्ष पहिले देखी यही क्षेत्रमा काम गर्दै आएका भुक्त भोगि हुन ।
ती दुई उपाध्क्ष मध्यका तिलक गैरेको कुरा उठाउन मन लाग्यो । गत दुई वर्ष पहिले नेपालमा गएको महाभुकम्पमा सहयोग गर्ने भन्दै आफ्नै कम्पनी मार्फत लगाईएका कृषी कामदारहरुको तलवबाट काट्ने गरी कारीव १०० कामदारहरु बाट प्रती व्यक्ती १०० युरोको दर ले सहयोग रकम जम्मा गरेको कुरा उनकै कम्पनी मार्फत काम गरेकी बाग्लुङकी राजकुमारी रोका मगर तथा सारीता गुरुङले हामीलाई वताए पस्चात यस्को पुस्ट्याईको लागी तात्कालिन एन आर एन अध्यक्ष रमेश कुमार गुरुङ समक्ष यो कुरा राख्दा “त्यो वेला तिलक गैरेले भूकम्प पीडितहरुको लागी एन आर एनमा रकम जम्मा गरेको तर के कसरी जम्मा गरेको भनेर उल्लेख चाही न गरेको र कति रकम जम्मा गरेको पनि एकिन नभएको “वताए ।
प्रश्न यहाँनिर आएर जोडियो कि तत्कालिन आवस्थामा निजका कामदारहरुको भनाई लाई सत्यता मान्ने हो भने करिव १०० कामदारहरु बाट प्रति व्यक्ति १०० यूरोको दरले हुन आउने करिव १० हजार यूरो बराबरको रकाम उनले तत्कालिन एनआरएन पोर्चुगलको दैविप्रकोप कोषमा पनि जम्मा गरेको देखीदैन भने तत्कालीन अध्यक्ष सँग बुझ्दा पनि अनभिज्ञ भएको बताउनुले अब,उलने यस्को प्रष्ट्याइ गर्नु पर्छ कि पर्दैन ? जनतमा यो प्रश्न सुम्पेको छु ।
त्यस्तै अर्का उपाध्य्क्ष भुपेन्द्र वस्नेत “गत वर्ष उनकै कम्पनि भुपेन्द्र एण्ड कम्पनिमा कार्यरत कामदार दीपकमान गुरुङको निधन भयो उनको निधन पस्चात “भुपेन्द्र एन कम्पनिका “एजेन्सिका सन्चालक तथा वर्तमान एनआरएनए, पोर्चुगलका उपाध्यक्ष भूपेन्द्र वस्नेताले सार्वजनिक सभामा भनेका थिए “मृतक गुरुङको छोरिको पढाई लेखाईको लागी कम्पनिले अक्षय कोष खडा गरेर सहयोग गर्ने वचन वद्दता गर्दछु “ । एक वर्ष वित्यो उनको त्यो प्रण र प्रतिवद्दता कहाँ पुग्यो ? यो सम्वन्धि विषएका वारेमा तमू समाज,पोर्चुगलका अध्यक्ष सँग केहि जानकारी छकि भनेर बुझ्दा आफू यो विषयमा बेखबर भएको जानकारी दिए । यसरी आफूले खाएको सार्वजनिक कसम र प३्तिबद्धता अनुसारको काम यीनले गरे कि गरेनन भनेर प्रश्न गर्नु उचित हो कि होईन भनि जनता माझ यो प्रश्न तेश्र्याएको छु ?
पोर्चुगिज न्यूजमा आएका समाचार हेरेर ट्वाँ पर्ने नेपाली सामाजिक अभिएन्ताहरु नेपाली मिडियाकर्मी ले राखेको र उल्लेख गरेको प्रश्नको जवाफ कस्ले दिने ?