प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८० स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) ३६ र नेपाली काँग्रेस २३ स्थानमा विजयी भएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय समाजवादी फोरम १० स्थानमा विजयी भएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नयाँ शक्ति पार्र्टी नेपाल एक, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएका छन् । स्वतन्त्रतर्फ एक उम्मेदवार पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरी प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ पनि एमाले पहिलो दल भएको छ । प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये एमालेले १७० स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्र ७२ स्थानमा विजयी भएको छ भने काँग्रेस ४० स्थानमा विजयी भएको छ ।
यसैगरी संघीय समाजवादी फोरम २४, राष्ट्रिय जनता पार्टी १६, नयाँ शक्ति पार्टी नेपाल दुई, राष्ट्रिय जनमोर्चा दुई, नेपाल मजदुर किसान पार्टी एक र स्वतन्त्र उम्मेदवार तीन स्थानमा विजयी भएका छन् ।रासस