अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६
| Colorodo: 11:41
पन्ध्र वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि स्याङ्जाबाट सात महिला खेलाडी छानिएका छन् । आगामी पुस २ गतेदेखि ९ गतेसम्म बङ्गलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले घोषणा गरेको २० सदस्यीय टोलीमा सात खेलाडी स्याङजाबाट पर्न सफल भएका ट्रिनिटी क्लब वालिङका प्रशिक्षक दिलीप थापाले बताउनुभयो ।
स्याङ्जाबाट सरिष्मा थापा, सुस्मा जिटी, पुष्पा गुरुङ, सरस्वती हमाल, रिया बानु, अस्मिता रनपाल र मनमाया विक च्याम्पियनसिपका लागि छनौट भएका हुन् । (रासस)