सार्क फिल्म फेस्टिभलमा- २०१७’ मा तिन नेपाली फिल्मले अवार्ड जित्न सफल भएका छन् । सार्वजनिक गरिएको चौध विधाका विजेताहरुको नाममा ‘डाईङ्ग क्यान्डल’ र ‘कालो पोथी’ले तिन अवार्ड हात पारेका हुन् ।
भुपेन्द्र अधिकारीले फिल्म ‘डाईङ्ग क्यान्डल’का लागी उत्कृष्ट सम्पादकको अवार्ड जितेका हुन् भने उत्कृष्ट पार्श्व संगीतमा फिल्म ‘कालो पोथी’बाट जेसन कुँवरले र फिल्म ‘कालो पोथी’ले नै उत्कृष्ट फिल्म ओपनको अवार्ड हात पारेको हो ।
त्यस्तै ‘बेस्ट फिचर फिल्म’, ‘बेस्ट एक्टर’, ‘बेस्ट डाईरेक्टर’ र ‘जुरी-मेन्सन’ अवार्डमा श्रीलंकाले कब्जा जमायो । १४ विधा सम्हिलित समारोहमा भारतले ‘स्पेसल जुरी अवार्ड’, ‘बेस्ट साउण्ड डिजाईनर’, र ‘छायाँकन विधामा जुरी’ अवार्ड सहित ३ विधा आफ्नो पक्षमा पार्यो ।
अफगानिस्तानले ‘बेस्ट सिनेम्याटोग्राफी’ र ‘बेस्ट सर्ट फिल्म’को अवार्ड जित्दा बंगलादेशले ‘बेस्ट स्क्रिनप्ले’ र माल्दिभ्सले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जिते । ८ देश सहभागी सार्क फिल्म फेस्टिभलमा भुटान र पाकिस्तान अवार्ड कुनै पनि अवार्ड प्राप्त गर्न सकेनन् ।