अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५
| Colorodo: 06:40
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपमानित महशुस गरेको बताएका छन्। भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनमा पुटिनसँगको संक्षिप्त भेटपछि उनले त्यस्तो धारणा राखेका हुन् । पछि पुटिनले भने हस्तक्षेपका आरोपहरूलाई ’हाँस्यास्पद’ भएको टिप्पणी गरेका थिए।
न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको साँठगाँठको आरोपसहितका दाबीहरूमाथि छानबिन गरिरहेको छ । छानबिनका क्रममा धेरै पूर्व प्रमुख सहयोगीहरूको नाम पनि तानिएको छ। ट्रम्पले सम्मेलनको क्रममा पुटिनसँग ’दुई’/’तीन’ पटक संक्षिप्त कुराकानी भएको बताएका छन्। नागरिक दैनिकमा खबर छ ।