अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७
| Colorodo: 23:42
कांग्रेस महामन्त्री शशांक कोइरालाले चुनाव प्रचारका लागि अनुमति लिएको हेलिकप्टरमा गोरखाका उम्मेदवार चढेको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ । कोइराला कांग्रेसका प्रचारक हुन् ।
वाम गठबन्धनले भने पत्रकार सम्मेलन गरेर कांग्रेस उम्मेदवारले पटक/पटक आचारसंहिता उल्लंघन गरेको दाबी गरेको छ । ‘यसअघि पनि उहाँहरुले हेलिकप्टर चार्टर गरेर आचारसंहिता उल्लंघन गर्नुभयो,’ माओवादी इञ्चार्ज चुणामणि खड्काले भने, ‘निर्वाचन आयोगले कुनै कारबाही गरेन ।’निर्वाचन आयोगका सहसचिव विकास तिमिल्सिनाले उजुरीबारे छानबिन भइरहेको जानकारी दिए । ‘आज अबेर भयो, भोलि आयोगले उम्मेदवार चढाउन पाउने/नपाउनेबारे निर्णय गरेर कारबाही अघि बढाउँछ,’ उनले भने । आजकोकान्तिपुरमा खबर छ ।