अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३
| Colorodo: 06:38
चलचित्रका साथै राजनितीमा पनि सक्रिय रहँदै आएकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । उनलार्इ पार्टीको प्रवास विभागको समेत जिम्मेवारी दिइएको छ ।
कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।
नायिका थापाले अब कहाँबाट चुनाव लड्ने भन्ने बारे भने टुंगो लागेको छैन्। प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको बताइन्छ ।