अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६
| Colorodo: 12:11
नेवा: अर्गनाइजेशन अफ साउदर्न क्यालिफोर्निया च्याप्टरले “म्ह पूजा” आयोजना गर्ने भएको छ । । बिभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिंदै आईरहेको ग्रेटर लस एन्जलस क्षेत्रको उदाहरणीय संस्था नेवा: अर्गनाइजेशन अफ साउदर्न क्यालिफोर्निया च्याप्टरले आउँदो अक्टोबर २० तारिख, शुक्रवारका दिन “म्ह पूजा” आफ्नो शरीर तथा आत्माको गरिने पूजा को आयोजना गर्ने भएको हो ।
संस्थाका महासचिव बिमल श्रेष्ठले ‘ग्रेटर लस एन्जलस क्षेत्र वरपर बसोबास गर्ने सम्पूर्ण संस्कृतीप्रमीहरुलाई यो कार्यक्रममा सहभागी “म्ह पूजा” हुन आग्रह गरेका छन् ।
“म्ह पूजा” कार्यक्रम तारा हिमालयन रेस्टुरेन्ट, आर्टेसियामा सांझ ६:३० बजेदेखी रातको १०:०० बजेसम्म हुने छ ।