अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 20:25

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नु पर्छ – पशुपति शमेशर जबरा

बिआरटीनेपाल २०७४ असोज २६ गते ४:३० मा प्रकाशित

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै जबराले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरि सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल उसले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताए ।

उनले भने प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनु पर्छ ।

उनले बाम गठबन्धन र प्रजातान्त्रिक शक्ति बीचको सामिप्यता संबिधान जारी पश्चात आवश्यकता रहेको र यो देशको हितानुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको बिजय निश्चित रहेको बताए ।

सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दे स्थिर सरकार र दिगो बिकासमा टेवा पुग्ने समेत उनको टिप्पणी छ ।

राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने उनले जानकारी दिए । नेपालमा पछिल्लो समय बैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले यसका लागि नेपालका राजनितिक दलहरुका नेताहरु जिम्मेवार रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू