अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७
| Colorodo: 07:52
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेन्द्र पञ्जियार ५ हजार ८ सय ९९ सय मत प्राप्त गरी मेयर पदमा बिजयी भएका हुन् ।
बिजयी पञ्जियारमा प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका शुकदेव यादवले ३ हजार ५ सय मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा पनि कांग्रेसकै रचना माथेमा बिजयी भएका छन् । उनले प्रतिस्पर्धी एमालेकी यशोदा यादावलाई पराजित गरेका हुन् ।
माथेमाले ५ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् भने यशोदा यादावले २ हजार ७ सय ८४ मत प्राप्त गरेकी छन् ।