गैह्र आवासीय नेपाली सङ्घ पोर्चुगलको १७ – १९ को लागि नयाँ कार्य समिति घोषणा तथा कार्यभार हस्तान्तरण सभामा निबर्तमान अध्यक्ष भीम के सी कमलले आगामी २ बर्से कार्यकालका लागि पोर्चुगलबाट युरोप सह-संयोजक (DRC) मा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
यस अघि गत हप्ता सम्पन्न सङ्घको अधिवेशनबाटै सर्ब सहमतिमा केसीको उम्मेद्वारीलाई पारित गरेको थियो तसर्थ पनि युरोप सह-संयोजक (DRC) मा यस पटक पोर्चुगलबाट निबर्तमान अध्यक्ष केसी को जीत सु- निश्चित बनेको छ ।
गैह्र-आवासीय नेपाली सङ्घ पोर्चुगलका निबर्तमान अध्यक्ष के सी ले युरोप सह संयोजक (DRC) को उम्मेदवारी घोषणा गर्दै गर्दा उक्त सभामा नेपाल सरकारका पूर्व आपूर्ति मन्त्री तथा वर्तमान संसद् गणेशमान पुन, गैह्र-आवासीय नेपाली सङ्घ युरोपका संयोजक कुल आचार्य, लिस्बनका लागि अवैतनिक वाणिज्य दुत मकर हमाल तथा युरोपका विभिन्न देशका अन्य अतिथिहरु लगायत पोर्चुगल स्थित सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो भने के सी को उम्मेदवारी घोषणालाई सभामा उपस्थित सबैले उत्सुकता पूर्वक स्वागत तथा समर्थन गरेका थिए ।