बाढिबाट प्रभावित बाँकेको डुडवा गाउँपालिका वडा नम्बर २ (दासपुरवा) का स्थानियलाई राहत स्वरुप खाद्य सामाग्री सामाग्री वितरण गरिएको छ । आज गुरुद्धारा श्री गुरु नानक ससंग बिपी चोक नेपालगंजले बस्तीमै पुगेर ७५ घर परिवारलाई खाद्य सामग्री परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
जसमा तेल ३ कार्टुन, नुन ७० प्याकेट, चामाल २५ बोरा, आलु ३ बोरा, स्वाबीन ३ बोरा गरि जम्मा रु ४० हजार बराबरको रहेको जनाईएको छ ।
गुरुद्धारा श्री गुरु नानक ससंग बिपी चोक नेपालगंजका प्रधान राजु सिंहको अध्यक्षतामा सञ्चालीत राहत वितरण समारोहमा प्रमुख अतिथी गुरुद्धारा श्री गुरु नानक ससंगका कोषाध्यक्ष जोगेन्दर सिंह र विशिष्ट अतिथीमा नेपाल शिव सेना बाँकेका अध्यक्ष राज कुमार रौनियार रहनु भएको थियो ।
नेपाल शिव सेना बाँकेले राहत वितरण कार्यमा सहयोग गरेको उल्लेख छ । कार्यक्रममा नेपाल शिव सेना बाँकेका जिल्ला सदस्य मदन शर्मा, दिलिप यादव लगायतको सहभागीता रहेको थियो ।
बाढी पिडितका लागि राज्यको तर्फबाट पनि उचित राहतको व्यवस्था हुन पर्ने कोषाध्यक्ष तथा राहत वितरण कार्यक्रमका प्रमुख अतिथि सिंहले बताए
वडा नम्बर २ दासपुरवामा खाद्य सामाग्री पुगेपछि स्थानिय हर्षित भएका थिए । राप्ती नदिमा बर्षेनी आउने बाढिका कारण दर्जनौ गाउँ डुव्ने गरे पनि उचित बासस्थानको लागि राज्यले पहल नगरेको स्थानियको भनाई छ ।