अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 17:18

उत्तर कोरियाका विरुद्ध युरोपियन युनियनले पनि नाकाबन्दी लगाउने

बिआरटीनेपाल २०७४ भदौ २२ गते १३:३३ मा प्रकाशित

तलिन, २२ भदौ । युरोपियन युनियनले उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिनुभएको छ ।

उहाँले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको समाचारमा उल्लेख गरिएको छ ।

उक्त संस्थाका कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले भन्नुभयो– उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने बारेमा मैले मन्त्रिपरिषदका सदस्यहरुलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ ।

उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणागर्ने जनाएका छन् । सो आणविक परीक्षणको विरोधगर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको जनाइएको छ । रासस÷एएफपी

प्रतिक्रिया