अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३
| Colorodo: 01:58
सूर्यको किरण धर्तीमा छुनु अघिनै
उसका पाइलाहरू दुई छाकका लागि
खाली पेट, रित्तो आसमा
खै कता भौतारिन्छन्
ऊ बाँच्छ र बाँचिरहेको छ ।
नत महलको पारीकल्पना छ
नत बाटोमा बग्ने सवारीकै
ऊ त केवल उसको र परिवारको भोक मेट्न
जिन्दगीलाई निरन्तर्ता दिन
गरिबीको खाल ओढी
मेसो मिलाउन
बाँच्छ र बाँचिरहेको छ ।
उठिसकेको छ बाढिपहिरो, भूकम्पबाट माथि ऊ
भित्रभित्र पीडामा छट्पटिन्छ
तर अर्को बिहान नयाँ सपना बोकी
न त पाइलाहरुलाई थाक्न दिन्छ
न त मुस्कानलाई बाध्न दिन्छ
मान्छे न हो , झिनो आसलाई थितो राख्दै
ऊ बाँच्छ र बाँचिरहेकै छ ।
उसका कैयौ भोकहरुले खाली भित्ता कोरेको छ
न त कसैले उसको पर्खाइ छ
पर्खने त ऊ मात्र त्यो कालचक्रलाई
जसको आगमनले उसको भाग्य बद्लोस
यस्तै सानो आसको अन्कुशे लीइे
ऊ बाँच्छ र बाँचिरहेकै छ ।