अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४
| Colorodo: 23:19
पर्सा, ७ भदौ । पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई आज पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गर्नुभयो । पोखरिया नगरपालिकास्थित श्री जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गर्नुभएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो ।
साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नुन, खानेतेललगायतका सामग्री वितरण गरिएको हो । रासस