अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा
काठमाडौँ । अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन् । यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् ।
प्रहरी उच्च स्रोतका अनुसार डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको छैन । बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो । अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईले सबैलाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको बताए ।
‘नेपाल ल्याइएसँगै उहाँहरुलाई अध्यागमन प्रक्रिया पूरा गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाएका छौँ’, उनले भने, ‘केही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेको थियो सोही अनुसार जिम्मा लगाइदिएका छौँ ।’ उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।
अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।
ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरू अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिए । प्रहरीका अनुसार पीडितका रूपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचबिखनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्युरोमा ल्याएर सोधपुछ गरिएको हो ।
आवश्यक पर्दा पुनः बोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।
अमेरिकी अधिकारीहरूले उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको हो । रातोपाटीबाट