काठमाडौँ । मिस नेवा २०८१ को विजयीहरूलाई सगुनसहित रात्रीभोजको आयोजना मङ्गलवार तपस होटेलमा सम्पन्न भयो । गत २०८१ फागुन ४ गते नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै मिस नेवा फिनालेको आयोजना सम्पन्न भएको थियो ।
सो फिनालेमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ नगद पचास हजार राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनु भएको थियो भने १९ प्रतिस्पर्धीलाई पछि पार्दै एक लाख रुपैयाँ नगदसहित मिस नेवा: नेपाल ११४५ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जित्नु भएको थियो ।
सोही कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी लूनिभा मानन्धर फस्ट रनर अप र काठमाडौँकी लुमना महर्जन सेकेन्ड रनर अप हुनु भएको थियो ।
यसै गरी रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न सो कार्यक्रम मिस नेवा: नेपाल कृषा महर्जनको मुख्य संयोजन, मिस नेवा: ११४३ सकिना महर्जनको संयोजन र सोसल वेलयफेर अम्वास्टर तिमिला महर्जनको सह संयोजकत्वमा सम्पन्न भएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि माननीय पशुपति शमशेर राणा रहनु भएको सो कार्यक्रमको संयोजन हेमा मानन्धरले गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि गीतकार एवं समाजसेवी शोभित उप्रेती, ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्नज शाक्य, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, डा विमला शाक्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली लगायत हुनुहुन्थ्यो ।