काठमाण्डौं । साहित्यक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा बरिष्ठ समालोचक तथा सर्जकबाट गोपी मैनालीको हालै प्रकाशित कथासङ्ग्रह ‘विशंङ्खलित सपना’ माथि विभिन्न कोणबाट परिचर्चा भयो ।
संघका सभापति एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष श्री राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ कवि एवम् कथाकार महेश प्रसाईले गोपी मैनालीका निबन्ध जसरी शंकर लामिछाने पछि अलग्गै पहिचान कायम गर्न सफल छन, कथासङ्ग्रह विशृङ्खलित सपना पनि वेगल आयाम उघार्ने सफल भएको कुरा बतउनुु भयो ।
बरिष्ठ समालोचक प्रमोद प्रधानले मैनालीका कथाहरुमा झिनो कथानक भएपनि गहन दृष्टि र उत्कृष्ठ शैलीले विशेष भएको प्रकाश पार्नु भयो । चचर्चित नियात्राकार प्रतीक ढकालले गोपी मैनालीको विविध व्यक्तिमाथि प्रकाश पार्दै कथाहरु नेपाली जनजीवनका भोगाइका उत्कृष्ठ अभिव्यक्ति, ओ हेनरीका कथा जस्तै सास्वत अभिव्यक्ति र पर्लल यस वकको झै जनजीवनका पात्रहरु उठाउन सफल भएको बताउनु भयो ।
मैनाली प्रशासनिक नेतृत्वको उच्च् स्थानमा पुुगेर राष्ट्रसेवामाथि न्याय गर्दै अगि बढेका स्रष्टा भएको बताउदै मैनालीका कृतिहरुको अंग्रेजी भाषामा अनवाद भएमा नेपाली कथाको उचाइको परिचय विश्वव्यापी हुने थियो भनी अनुवादको लागि आग्रह गर्नु भएको थियो । अर्की चर्चित समीक्षक अनिता कोइरालाले मैनालीका कथाहरुमा मिहीन ढंगबाट मनोविज्ञानको विश्लेषण र भोगाइको अनुुभूति संगालिएको बताउनु भयो । सङ्ग्रहमा रहेका सत्र कथामध्ये महेश प्रसईबाट पाँच र प्रमेद प्रधान, प्रतीक ढकाल र अनिता कोइलाबाट चार चार कथाको विश्लेषण गर्नु भएको थियो ।
कार्यक्रममा परिचर्चा कार्यक्रममाथि विषयबस्तुको प्रकाश पार्दै बरिष्ठ समालोचक श्री युवराज मैनालीले मैनालीका कथामा मिहिन मनोविश्लेषण, फराकिलो दृष्टिकोण, ग्रामीणदेखि विश्वव्यापी परिवेश र उत्कृष्ठ शैली रहेकोले उनीबाट नेपाली साहित्यले धेरै सिर्जना पाउनु पर्ने कुुरा उल्लेख गर्नु भयो । स्वागत गर्दै बरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले मैनालीका निबन्ध र समालोचना प्रवृत्तिको विश्लेषण गर्दै कथामा पनि उनको प्रवेशले कथा कस्तो हुनुपर्छ भन्ने वेगल पहिचान दिएको बताउनु भयो । नेपालको निजामती प्रशासनमा रहँदा जसरी उत्कृष्ठ छवि कायम गर्नुभएको छ, साहित्यमा पनि त्यही छवि देखिएको छ भन्नु भयो । बरिष्ठ कवि एवं अध्यात्मिक चिन्तक हरिभक्त सिग्देल महेशले साहित्य, सुशासन र प्रशासनमा समान छवि भएका मैनालीका कथाले नेपाली समाज र विश्व परिवेशलाई बोकेको सन्दर्भ उल्लेख गर्नु भएको थियो ।
कथाकार गोपी मैनालीले आफूले आफ्नै परिवेशका घटना र अनुुभूतिलाई आख्यानीकरण गरेको र कथाका विषयबस्तुु आफ्नै परिवेशका विषय भएको बताउनु भयो । आफ्ना समालोचकीय मान्यतामा रहेर कथा, निबन्ध, नियात्रा सिर्जना गरेको कुरा पनि उहाले बताउनुभयो । सभापति श्री राधेश्याम लेकालीले नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको कथापरम्परालाई मैनाली बन्धुुले श्रीबृद्धि गरेकोमा प्रशंसा गर्दै साहित्य र प्रशासनमा समान रुपमा उत्कृष्ठ स्थान राख्न गोपी मैनाली सफल भएको र उनका कथाहरु विदेशी भाषामा प्रकाशन हुनुुपर्ने आग्रह गर्नु भएको थियो ।
श्री मुरारीराज सिग्देलले सञ्चालन गर्नु भएको कार्यक्रममा बरिष्ठ साहित्यकारहरु वियोगी बुढाथोकी, गोविन्दमान सिंह कार्की, विमल भौकाजी, तुलसीहरि कोइराला, निर्मलमणि पराजुली, महेन्द्र चालिसे, आलोक चालिसे, देवराज मैनाली, नारायण मैनाली, डा. राम मैनाली लगायत तीसका दशकदेखि अहिलेका पुस्तासम्मका स्रष्टा तथा साहित्यप्रेमी, पत्रकार एवम् विद्वान–विदुुसीहरुको खचाखच उपस्थिति थियो ।