सिद्धार्थनगर । नेपाली चलचित्र जगतका महानायक राजेश हमालले बुटवल १२ नयाँ गाउँस्थित श्री स्वामिनारायण मुक्तिनाथधामको दर्शन गर्नुभएको छ ।
सो अवसरमा उहाँले शिवज्योतिलिङ्गमा जलापर्ण साथै पूजा आरती समेत गर्नुभयो । रुपन्देहका विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा उहाँले बुटवल क्षेत्रकै ऐतिहासिक धार्मिक धरोहर मुक्तिनाथधामको दर्शन तथा पूजा अर्चना गर्नुभएको हो । उहाँले सो धाममा पुगेर आफुलाई निकै आनन्द अनुभूति भएको समेत अनुभव सुनाउनुभयो ।
उहाँले धाममा माघ २२ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने १८ औं वृहत् महायज्ञ सफल बनाउन समेत अपील गर्नुभयो । हमाललाई धामका प्रमुख संरक्षक १००८ स्वामि लोकानन्दले स्वागत गर्दै हमालसँग जनताले धेरै अपेक्ष गरेको बताउनुभयो । उहाँले अब विस्तारै जनभावनालाई सम्बोधन गर्नका लागि समेत हमाललाइ आग्रह गर्नुभयो ।
देशलाइ धर्म, ज्ञान रपुण्यको मार्गमा प्रेरित गर्नुपर्ने बताउनुभयो । सो धाममा धाममा माघ २२ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने १८औं वृहत् चार बेद अठार पुराण मुक्तिनाथ महायज्ञको तयारी तीव्र पारिएको र दैनिक विभिन्न समितिका बैठकहरु र आवश्यक तयारी गरिएको धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयो । महायज्ञका लागि प्रचारप्रसार समेत सुरु गरिएको प्रचार समितिका संयोजक गोपाल पाण्डेले बताउनुभयो । गोरखापत्र अनलाइनमा कपिल ज्ञवालीले समाचार लेखेका छन । तस्बिर:कपिल ज्ञवाली