काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहँदै आएको शनिवारबाट दैनिक आठ घण्टा मात्रै बन्द रहने भएको छ । जसबाट अन्तर्राष्ट्रिय उडानमा यसअघि महँगिएको टिकट मूल्य थप सस्तो हुने आशा गरिएको छ ।
विमानस्थलको धावनमार्ग विस्तारका कारण अब बिहान ७ बजे खुल्ने ११ बजे बन्द हुनेछ । यसअघि बिहान ८ बजेबाट राती १० बजेसम्म मात्रै बन्द थियो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल सञ्चालनको अवधि यसअघिको १४ घण्टाबाट बढेर १६ घण्टा पुग्दा १२ प्रतिशत उडान थप हुने अपेक्षा गरिएको छ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल अनुसार “बिहान आन्तरिक उडान धेरै हुन्छ । सात बजे खुल्दा हामीले थप १५ वटा आन्तरिक उडान व्यवस्थापन सक्छौँ,” उनले थपे, “बेलुका अन्तर्राष्ट्रिय उडान धेरै हुन्छ । राती ११ बजेसम्म विमानस्थल खुल्दा थप पाँच वटा उडान र पाँच वटा अवतरण गरेर १० वटा उडान थप्न सकिन्छ।”