अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 10:41

‘रअ’का पूर्व एजेन्ट विष्टको दाबी : एक महिनाभित्र ओली सरकार ढल्दैछ

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ५:२३ मा प्रकाशित

भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्ट (लक्की विष्ट) ले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई एक अन्तरवार्ता दिँदै उनले १५ दिनदेखि एक महिनाभित्र ओली सरकार ढल्ने दाबी गरेका छन् । यसका लागि एजेन्सीले काम गरिरहेको समेत युट्युबमा प्रकाशित अन्तरवार्तामा उनले दाबी गरेका छन् ।

‘तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ’, उनले अन्तर्वार्तामा दाबी गरेका छन् । तर उनले सरकार ढल्ने ठोस आधार भने दिन सकेका छैनन् । ‘रअ’मा कार्यरत रहँदा थुप्रै देशमा आफूले काम गरेको बताएका उनले नेपालमा पनि सो क्रममा थुप्रै मिसन सफल गरेको बताएका छन् । तर, काम गर्न नेपाल जति गाह्रो अरू देशमा नभएको उनको भनाइ छ । नेपाल खतरनाक लाख्ने भन्दै उनले अन्तर्वार्ताका क्रममा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् ।

यसअघिका कतिपय अन्तरवार्ताहरुमा उनले नेपालमा नक्कली भारतीय नोट कारोबार बन्द गराउन तथा ठुलो गिरोहलाई समात्न समेत आफूले काम गरेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू