अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 02:58

पूर्वराजा ज्ञानेन्द्र शाह दाङमा

बिआरटीनेपाल २०८१ मंसिर २९ गते ६:३० मा प्रकाशित

पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार दाङमा जानुभएको छ । शनिबार उहाँ आफ्नी श्रीमती कोमल र छोरी प्रेरणासँग तुलसीपुर पुग्नुभएको हो । तुलसीपुरमा वीरेन्द्र चोकमा रहेको आफ्ना दाजु वीरेन्द्रको शालिकमा उहाँ माल्यार्पण समेत गर्नुभयो ।

होटेल वेष्टर्न प्यालेसको प्राङगणमा उपस्थित सर्वसाधारणदेखि शुभचिन्तकहरूसँग ज्ञानेन्द्रले भेटघाट गर्नुभएको थियो । पूर्वराजा तुलसीपुरमा आउँदा उहाँका समर्थकहरू भेला भएर नाराबाजी समेत गरेका थिए। शनिबार नै उहाँहरूले घोराही उपमहानगरपालिका-५ धारापानीस्थित पाण्डबेश्वर महादेव मन्दिरमा पुगेर पुजा गर्नुभएको थियो ।

केही वर्ष पहिले पाण्डेश्वर मन्दिर परिसरमा विश्वकै अग्लो त्रिशुल स्थापना गरिएको थियो। धारापानी मन्दिरमा पूजा आराधान पछि पूर्वराजा ज्ञानेन्द्र घोराही हुँदै लमही जानुभएको छ । पूर्वराजा ज्ञानेन्द्र दाङ जाँदा त्यसको व्यवस्थापन गर्ने जिम्मा पूर्व सांसद गंगा चौधरीले लिनुभएको थियो। उहाँजिल्ला सवारी संयोजक ताृकिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू