अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 12:48

एमाले पार्टी कार्यालयलाई जग्गा दानविरूद्ध मुद्दा हेर्दाहेर्दैमा

बिआरटीनेपाल २०८१ मंसिर २८ गते ६:३२ मा प्रकाशित

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङबाट नेकपा (एमाले)ले पार्टी कार्यालयका लागि लिएको जग्गाबारे परेको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ। शुक्रबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले यो मुद्दा हेर्दा हेर्दैमा राखेको हो। यसको अर्थ अब यही इजलासले निरन्तर सुनुवाइ गर्नेछ। अब सोमबार यही इजलासले हेर्नेछ। कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले हालेको यो रिट पटक(पटक स्थगित हुँदै आएको थियो। यो रिट दुई पटक हेर्न नमिल्ने, ७ पटक हेर्न नभ्याइने र एक पटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित गरेको हो।

न्यायाधीशहरू मुसलमान र ढकालको इजलासले भने यसलाई निरन्तरता दिन हेर्दाहेर्दैमा राखेका हुन्। यसअघि कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको थियो। भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू