अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब १५ सय अपराधीको सजाय माफी दिने घोषणा गर्नुभएको छ । बाइडेनले विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकालको अन्तिम समयमा विशेषाधिकार प्रयोग गरि करिव ती अपराधीहरुको सजाय माफी दिने निर्णय गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको यो निर्णय अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको निर्णय भएको जनाएको छ ।
केही समयअघि मात्र बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई विशेषअधिकारको बलमा माफी दिएकोमा व्यापक आलोचना भइरहेको अवस्थामा वाइडेनले यो निर्णय गर्नुभएको हो । सजाय माफी गरिएका अपराधीहरु विगत एक वर्षदेखि घरमै सजाय भोगिरहेकाहरु रहेको पनि ह्वाइट हाउसले उल्लेख गरेको छ ।
राष्ट्रपति बाइडेनले अमेरिका सधै सम्भावना बोकेको र दोस्रो अवसरको पक्षमा रहेकाले राष्ट्रपतिको हैसियतमा पश्चाताप र पुनःस्थापना भएका व्यक्तिहरूलागि यो विशेषाधिकार प्रयोग गरेको बताउनुभएको छ ।